बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

मेरो भविष्यमाथि खेलबाड भयो - प्रशिक्षक मल्ल

सोमबार, साउन ४, २०७८खेलपाटी संवाददाता
मेरो भविष्यमाथि खेलबाड भयो - प्रशिक्षक मल्ल
Classic Tech Internet Ad

काठमाडौं । एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्लले ल्याबको गल्तीको कारण आफ्नो ओलम्पिक यात्रा रोक्नु अन्यायपूर्ण भएको बताएकी छिन् ।

कोभिड-१९ को पीसीआर रिपोर्ट पोजेटिभ आएपछि प्रशिक्षक मल्लले टोकियो ओलम्पिक जाने मौका गुमाएकी थिइन् । मल्लको शनिबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रशिक्षक मल्ललाई कोरोना देखिएपछि नेपाल ओलम्पिक कमिटिले सन्तोष श्रेष्ठलाई जापान पठाउने निर्णय गरिसकेको छ ।

तर, प्रशिक्षक मल्लले ल्याबको गल्तीको कारण 'फल्स रिपोर्ट' आएको कारण ओलम्पिक जानबाट बन्चित गर्नु अन्यायपूर्ण भएको बताएकी छिन् । प्रशिक्षक मल्लले आफुले आफ्नो भविष्यमाथि खेलबाड भएको महशुस गरेको समेत बताईन् ।

'ल्याबको गल्तीको कारण फल्स रिपोर्ट आउदा ओलम्पिक यात्रा रोक्नु अन्यायपूर्ण छ,' खेलपाटीसँग कुरा गर्दै मल्लले भनिन्, 'ल्याबको कारण मैले मेरो भविष्यमा खेलबाड भएको महशुस गरेको छु ।'

यस अघि प्रशिक्षक मल्ल एथलेटिक्स खेलाडी सरस्वती चौधरीको प्रशिक्षकको रुपमा मल्ल जापान जाने तय थियो  । मल्लको निर्देशनमा चौधरीले ओलम्पिक तयारी गरिरहेकी थिइन् ।

प्रशिक्षक मल्लले आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको कारण ओलम्पिकबाट आफुलाई बन्चित नगर्न आग्रह समेत गरेकी छिन् । 'फल्स रिपोर्ट' को शंका लागेपछि प्रशिक्षक मल्लले आइतबार ओलम्पिकले मान्यता दिएको स्टार हस्पिटल पुगेर पुन: परीक्षण गराएकी थिइन् ।

'पहिलो रिपोर्ट पोजेटिभ आएपछि स्टारसहित अन्य चार ठाउमा फेरि परीक्षण गर्दा मेरो नेगेटिभ आएको छ । ल्याबको गल्तीले यस्तो भएको हो । खेलाडी र प्रशिक्षकको रुपमा २८ वर्ष बिताउदा मैले धेरै मौका गुमाए र पीडा भोगेको छु । पोखराबाट मलाई ओलम्पिकको लागि डाकियो । अहिले कोरोना देखाएर जबर्जस्ती ओलम्पिकको यात्रा रोकिएको जस्तो लागेको छ,' मल्लले भनिन् ।

प्रशिक्षक मल्लले ओलम्पिक कमिटिले पोजेटिभ रिपोर्टबारे आफुलाई जानकारी नगराई मिडियालाई पहिले जानकारी दिएको कारण आफुलाई शंका लागेको समेत बताईन् ।

'ओलम्पिक कमिटिले मलाई जानकारी दिएन । मैले पत्रकार र समाचारबाट रिपोर्ट पोजेटिभ आएको खबर सुने । त्यसैले नियतवंश हो की भन्ने लागेको छ,' उनले भनिन् ।

प्रशिक्षक मल्लले आफुले कोरोनाको दुबै डोजको खोप लगाएको र आफुलाई कोभिडको कुनै लक्षण नभएको समेत बताईन् ।

२०४३ सालबाट एथलेटिक्समा आबद्द मल्ल खेलाडी हुँदै प्रशिक्षक बनेकी हुन् ।  मल्लले भारतबाट प्रशिक्षकको डिप्लोमा कोर्ष गरेकी थिइन् । राखेपको प्रशिक्षक मल्ल पछिल्लो समय पोखरामा कार्यरत छिन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

Bajaj Pulsar Motorcycle Ad
ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो