काठमाडौं । पासाङ्ग ल्हामु वाल क्लाइम्बिङ्ग सेन्टर नयाँ व्यस्थापनमा सुरुवात भएको छ ।
काठमाडौंको धुम्बाराहीस्थित वाल क्लाईम्बिङ्ग नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको हो ।
नेपालमा पछिल्लो समय खेलकुद गतिविधि ठप्प जस्तै भएको अवस्थामा सेन्टरलाई सञ्चालनमा ल्याईएको हो ।
बागमति प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले शुक्रबार एक कार्यक्रमका बीच बालको शुभारम्भ गरेका थिए ।
वागमती प्रदेशका सांसद निमा लामा तथा विभिन्न संघ संस्थाका प्रतिनिधि उपस्थिती रहेको कार्यक्रममा राखेपका सदस्य तथा पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले खेल पर्यटन र नेपालका वाल क्लाइम्बिङ्गको सम्भावनाका विषयमा धारणा राखेका थिए ।
प्रख्यात आरोहि तथा पर्वतिय खेलुकद महासंघ नेपालकी बोर्ड सदस्य माया गुरुङले सो वाल व्यवस्थापनको नेतृत्व लिएकी छिन् ।
राजधानीको मुटुमा रहेको सो वाल खेल तालिम र प्रतियोगिताका लागि उपयुक्त रहने गुरुङ्गले जानकारी दिईन् ।
कार्यक्रममा सगरमाथा आरोही कल्पना महर्जन तथा नासा नेपालका प्रकाश काप्री समेत उपस्थित थिए ।