सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

'ओलम्पिक डे' सम्पन्न

बुधबार, ०९ असार २०७८खेलपाटी संवाददाता
'ओलम्पिक डे' सम्पन्न
Loading ad...
mustang rice ad

काठमाडौं । आधुनिक ओलम्पिकको जन्म दिनको रुपमा रहेको जुन २३ लाई आधार बनाएर नेपालमा विगत ५ दिन देखि मनाईंदै आएको ओलम्पिक डे आज सम्पन्न भएको छ ।

ललितपुर, सातदोवाटोस्थित ओलम्पिक कमिटिको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथी सम्माननिय उपराष्ट्रपती नन्द बहादुर पुनले नेपालको झण्डोत्तोलन गर्नुका साथै पानसमा दीप प्रज्वलन गरेका थिए । यस्तै कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिकको झण्डोत्तोलन गरेका थिए ।

यस्तै ओलम्पियनहरुको टिमले ओलम्पिक टर्चका साथ विभिन्न स्थानको परिक्रमा गरेका थिए । ओलम्पिक कमिटिको कार्यालयमा आएर उक्त टर्च ओलम्पियन मुकुन्दलाल श्रेष्ठले प्रमुख अतिथी उपराष्ट्रपतीलाई हस्तान्तरण गरेका थिए । यस्तै प्रमुख अतिथीले कमिटिका अधयक्ष जीवनराम श्रेष्ठलाई र श्रेष्ठले कार्यक्रम संयोजक स्पोर्टस् फर अल कमिशनका अध्यक्ष बिष्णुगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी पुनले सियोल ओलम्पिकमा प्रदर्शन खेलमा विधान लामाले तेक्वान्दोमा प्राप्त गरेको सफलताको सम्झना गर्दै नेपालले ओलम्पिकमा पदक प्राप्त गर्ने लक्षका साथ अगाडी बढ्नु पर्ने बताए ।

ओलम्पिकमा पदक प्राप्त गर्ने लक्षका साथ नेपालले दिर्घकालिन योजना सहित लगानी गर्न ध्यानकर्षण गराए । अहिलेसम्म संगिना बैद्य र दीपक बिष्टले मात्र छनौट चरण पार गरि ओलम्पिकमा सहभागिता जनाएको भन्दै नेपाली खेलाडीहरुका लागि नियमित प्रशिक्षण र पूर्वाधार विकासमा ध्यान दिनु पर्ने बताए । प्रमुख अतिथी पुनले कोभिडका कारण मृत्युबरण खेलाडीहरु प्रति श्रद्धान्जली प्रदान गर्नुका साथै संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।

ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले खेलकुदले समाजमा सकारात्मक असर पार्ने र यसले शान्ति, सम्बृद्धि, सद्भाव र विकासका लागि सहयोग पुग्ने बताए । उनले यसका लागि संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय ओलम्पिक कमिटिविच सहकार्य भएको बताए । कोरोनाको महामारीको बिषम परिस्थितीमा खेलकुदले दिन चाहेको नारा भनेको सुरक्षिर रहौं, स्वस्थ रहौं र बलियो रहौं भन्न रहेको श्रेष्ठले बताए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले ओलम्पिकमा सहभागी रहने सवै खेलाडीहरुलाई शुभकामना सहित बधाई दिंदै उच्च प्रदर्शनको अपेक्षा रहेको बताए ।

ओलम्पिक डे का संयोजक स्पोर्टस् फर अल कमिसनका अध्यक्ष बिणु गोपाल श्रेष्ठले कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै महासचिव निलेन्द्र राज श्रेष्ठले नेपाली खेलकुद विकासका लागि दीर्घकालिन योजना र लगानीको आवश्यकता रहेको बताए ।

समापन कार्यक्रमको अवसरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्ने राष्ट्रिय संघहरु साईक्लिङ्ग, बक्सिङ्ग, जुडो, पौडी, तेक्वान्दो, भारोत्तोलन, कुस्ती, ट्राईयाथलन, फुटबल, कराते, उसु, एथलेटिक्स र गल्फलाई कदरपत्र प्रदान गरिएको थियो ।

यस्तै ओलम्पिक डेलाई सफल बनाउन सहयोग पु¥याउने संघ, संस्था र ब्यक्तित्वलाई कदरपत्र प्रदान गरिएको थियो ।

५ दिन सम्म संचालन भएको ओलम्पिक डेमा विभिन्न २३७ कार्यक्रममा करिव ७ हजारले सहभागिता जनाएका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हार्‍यो राजस्थान

हार्‍यो राजस्थान

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक