काठमाडौं । नेपाल पिकलबल संघले अन्तराष्ट्रिय पिकलबल महासंघको ५० औं संगठित सदस्यको रुपमा मान्यता प्राप्त गरेको छ ।
अन्तराष्ट्रिय पिकलबल महासंघले आफ्नो ५० औं सदस्यको रुपमा नेपाल पिकलबल संघलाई मान्यता प्रदान गरेको नेपाल पिकल बल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराएका छन् ।
महासंघले नेपालले महासंघको सदस्यता प्राप्त गर्न सवै प्रकृया पुरा गरेकोले नेपाललाई संगठित सदस्यको रुपमा मान्यता प्रदान गरेको प्रमाण पत्रमा जनाएको छ ।
टेनिस, ब्याडमिन्टन र पिङ्गपङ्गको संयुक्त रुपको खेल नेपालका करिव २ बर्ष अगाडी स्थापना भएको हो । १९६५मा अमेरिकाबाट सुरु भएको यो खेल सस्तो र सवै उमेर समूहका लागि सहज भएका कारण उत्तर अमेरिकी राज्यमा निकैनै पपुलर रहेको छ ।
ब्याडमिन्टन कोर्टमा, टेनिस नेट टेनिस जस्तै खेलिने खेल टेबलटेनिसको ब्याट र बल जस्तै ब्याट र बलबाट खेलिने खेल हो पिकलबल । एकल र युगल दुवै प्रतिस्पर्धा हुनेछ भने ११, १५ र २१ स्कोरमा हार जितको निर्णय हुनेछ ।
नेपालमा सन् २०१९ सेप्टेम्बरमा ग्यालेक्सी स्कुलमा ईन्डो नेपाल पिकलबल च्याम्पियनसिप आयोजना गरिएको थियो । यस्तै त्यसको लगतै भारतको देहरादुनमा ईन्डो नेपाल पिकल बल च्याम्पियनसिपको समेत आयोजना गरिसकेको छ ।