काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले टोकियो ओलम्पिकमा सहभागिता जनाउने नेपाली खेलाडी र प्रशिक्षकलाई एन्टी डोपिङ र कोभिड-१९ बारे 'ब्रिफिङ' गरेको छ ।
एनओसीले मंगलबार खेलाडी र प्रशिक्षकलाई डोपिङ र कोभिड-१९ को विषयमा 'ब्रिफिङ' गरेको हो ।
सहभागी खेलाडी र प्रशिक्षकलाई एनओसीका मेडिकल कमिसनका अध्यक्ष डा सरोज कृष्ण श्रेष्ठ, सदस्य डा नबेस मन सिंह प्रधान र साउथ एसियन राडोका सदस्य डा ज्ञानेन्द्र साहले बिषयबस्तुमाथि 'ब्रिफिङ' गरेका थिए ।
उनीहरुलाई डोपिङबाट र कोभिडबारे जोगिने उपायहरुबारे सिकाईएको थियो ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ ।
औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ । ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।