काठमाडौं । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी कराते खेलाडी मन्देकाजी श्रेष्ठको संयोजकत्वमा कालिका नगरकोटी गुठी समाज सुर्यविनायकद्धारा संचालित आइसोलेसन वार्डलाई अक्सिजन सिलिन्डर सहयोग गरिएको छ ।
समाजसेवी एवम् सभासद बिमल केडियाको विशेष सहयोग तथा ओलम्पियन दीपक विष्ट, उद्यमी बिशाल श्रेष्ठ, व्यापारी रोशन श्रेष्ठ र विशाल थापाको पहलमा अक्सिजन सिलिन्डर प्रदान गरिएको मन्देकाजीले जानकारी गराए ।
कोभिड–१९ को दोस्रो लहरपछि संचालनमा आएको गुठीको आइसोलेसन वार्डलाई केहि समयपछि अन्य मेडिकल सामग्री पनि प्रदान गरिने उनले बताए ।
सिलिन्डर हस्तान्तरण गर्दै उनले आवश्यक परेको खण्डमा आफु सदैव सहयोग गर्न तयार रहेको समेत बताए ।