बुधबार, ०६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

बुद्धिचाल संघका पूर्व अध्यक्ष जोशीको निधन

सोमबार, ३१ जेठ २०७८खेलपाटी संवाददाता
बुद्धिचाल संघका पूर्व अध्यक्ष जोशीको निधन
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल बुद्धिचाल संघले पूर्व अध्यक्ष राजेशहरि जोशीको निधनमा गहिरो समवेदना ब्यक्त गरेको छ ।

सोमबार एक बिज्ञप्ती निकाल्दै संघले नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष एवं बिश्व बुद्धिचाल महासंघ अनुशासन आयोगका सदस्यको निधनमा समवेदना ब्यक्त गरेको हो । ६५ बर्षे जोशीको आईतबार हृदयघातका कारण ललितपुरमा निधन भएको हो ।

हृदयघातका कारण ललितपुरस्थित बि.एण्ड बि. अस्पताल पु¥याउँदा चिकित्सकले साँझ ७ बजे मृत्यु घोषणा गरेको महासचिव हेराकाजी महर्जनले जनाएका छन् ।

नेपालमा बुद्धिचाल खेलको बिकास र विस्तारमा जोशीको ठुलो योगदान रहेको संघले जनाएको छ । उनको ८ बर्षे कार्यकाल नेपालको बुद्धिचाल खेल बिकास र विस्तारको लागि कोशे ढुङ्गको रुपमा रहेको खेलाडीहरुले लिने गरेको बिज्ञप्तीमा जनाईएको छ । उनकै नेतृत्व रहेको अवस्थामा नेपालले पहिलो फिडे मास्टर मनिष हमाल र अन्तराष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाईजु उत्पादन गरेको थियो । उनको कार्यकाल अगाडी नेपालमा रेटेड खेलाडीहरु ९, १० जना मात्र रहेकोमा नेपालमानै रेटिङ्ग प्रतियोगिताहरु संचालन भए पश्चात ६०० को हाराहारीमा पुगेको थियो ।

जोशीले बुद्धिचाल खेललाई अन्तराष्ट्रिय जगतमा स्थापित गर्न ठुलो योगदान गरे । जसका कारण नेपालको बिश्व जगतमा पनि प्रतिष्ठामा बृद्धि हुन पुग्यो । सन् २०१४ मा नर्वेमा सम्पन्न फिडे काँगे्रसबाट बिश्व बुद्धिचाल महासंघको कार्य समिति सदस्य र अनुशासन आयोगको सदस्यमा निर्वाचित भए । यस्तै २०१८ मा जर्जियाको बतुमीमा भएको काँग्रेसबाट दोश्रो कार्यकालको लागि पुनः अनुशासन आयोगमा निर्वाचित भए ।

यस्तै जोशीले सन् २०१४ देखि २०१७ सम्म नेपाल, बंगलादेश, भुटान, मालदिप्स, पाकिस्तान र श्रीलङ्का सम्मिलित एशियन जोनल ३.२ को अध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका थिए । जोशी नेपालको खेल ईतिहासमा अन्तराष्ट्रिय सर्वोच्च पदमा पुग्ने पहिलो ब्यक्ति रहेको संघको दावी छ ।

जोशीको कार्यकालमा सन् २०१० मा रशिया, फ्रान्स, स्लोभानिया, भारत, युक्रेनका ग्रान्ड मास्टर्स सहभागिता रहेको अन्तराष्ट्रिय ग्राण्ड मास्टर प्रतियोगिता, एशियन जोनल ३.२ प्रतियोगिता दुई पटक र साउथ एशियन प्रतियोगिता महत्वपूर्ण प्रतियोगिता भएको थियो । जोशीको नेतृत्व अगाडी नेपाली चेल खेलको प्राविधिक पक्ष शुन्य प्राय रहेको अवस्थामा उनको अन्तराष्ट्रिय सम्वन्ध र सक्रियताका कारण अहिले नेपालमा १० जना अन्तराष्ट्रिय आर्विटर, २० जना फिडे आर्विटर, ५० भन्दा बढि राष्ट्रिय आर्विटर र ५० जना प्रशिक्षकहरु रहेको महासचिव हेराकाजी महर्जनद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।

२०१३ साल बैशाखमा जन्मिएका स्व. जोशीका श्रीमती, एक छोरा, एक छोरी र पिता, माता रहेका छन् । सहकारी अभियन्ताको रुपमा समेत परिचित जोशिको निधनले नेपाली खेल जगतका साथै बुद्धिचाल खेलले अपुरणिय क्षती ब्यहोरेको बिज्ञप्तीमा जनाईएको छ । जोशीको मंगलबार अन्त्यष्टि हुने महासचिव महर्जनले बताएका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लागुऔषध कारोबारी दावाको उम्मेदवारी खारेज गर्न उजुरी

लागुऔषध कारोबारी दावाको उम्मेदवारी खारेज गर्न उजुरी

आयोजक सहारा १२ वर्षपछि फाइनलमा

आयोजक सहारा १२ वर्षपछि फाइनलमा

बिमला चम्किँदा आर्मी फाइनलमा

बिमला चम्किँदा आर्मी फाइनलमा

निर्वाचन आयोगले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया रोक्नु

निर्वाचन आयोगले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया रोक्नु

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

भूपू सैनिक वालिङ सेमिफाइनलमा

भूपू सैनिक वालिङ सेमिफाइनलमा

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’