एजेन्सी । जापानको टोकियोमा आयोजना हुने ओलम्पिक खेलकुदमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटिले टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडीले १२ खेलमा प्रतिस्पर्धा गर्ने जनाएको छ ।
ओलम्पिकको झण्डामुनि रहेर उनीहरुले प्रतिस्पर्धा गर्ने छन् । शरणार्थी खेलाडीहरु सिरिया, इरान, दक्षिण सुडान, अफगानिस्तान र इरिट्रियाका रहेको बताईएको छ ।
ब्राजिलमा सन् २०१६ मा आयोजना भएको रियो ओलम्पिकमा १० शरणार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ ।
औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ ।