एजेन्सी । जापान ओलम्पिक कमिटिका लेख प्रमुख यासुशी मोरियाले आत्महत्या गरेका छन् ।
५२ वर्षीय मोरियाले ट्रेनको सबवेमा हाम्फालेर आत्महत्या गरेको क्योडो न्युजले जनाएको छ ।
नाकानबु स्टेसनमा गुडिरहेको ट्रेनमा उनले हाम्फालेको र ट्रेनले ठक्कर दिँदा उनको मृत्यु भएको बताईएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको बताईएको छ । तर,सुसाइट नोट नभेटिएको बताईएको छ ।
टोकियो ओलम्पिक सुरु हुन एक महिना बाँकी रहदा उनले आत्महत्या गरेका हुन् ।
कोरोनाको कारण एक वर्ष सरेको टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ ।
औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ ।