एजेन्सी । टोकियो ओलम्पिक आयोजक कमिटिको अध्यक्ष सेइको हासीमोतोले ओलम्पिक खेलकुद निर्धारित समयमै आयोजना हुने बताएकी छिन् ।
कोरोना भाईरसको महामारीको कारण जापानको १० प्रान्तमा आपतकालीन घोषणा गरेको छ ।
तर, बीबीसी स्पोर्ट्ससँग कुरा गर्दै अध्यक्ष हासीमोतोले ओलम्पिक तोकिएको समयमै हुने बताएकी हुन् ।
'मलाई विश्वास छ कि खेलहरू हुने सम्भावना १०० % छ । जुन हामी गर्छौं,' उनले भनिन्, 'अहिलेको प्रश्न भनेको हामीले अझ सुरक्षित र सुरक्षित खेलहरू कसरी गर्छौं भन्नेमा छ ।'
कोरोनाको कारण एक वर्ष सरेको टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ ।
औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ ।
ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
हासीमोतोले प्रतियोगिता सुरक्षित बनाउन कोशिस गरिरहेको समेत बताईन् ।
'हामी सकेसम्म बायो बबल्सको कोशिस गर्दैछौं ताकी विदेशबाट आएका मानिसहरु र जापानमा रहेका मानिसहरु सुरक्षित र सुरक्षित ठाउँमा बस्न सकुन,' उनले भनिन् ।