एजेन्सी । अष्ट्रेलियाका रग्बी लिजेण्ड खेलाडी तथा पूर्व कप्तान बब फुल्टोनको निधन भएको छ ।
क्यान्सर रोगसँग लडिरहेका बबको ७४ वर्षको उमेरमा निधन भएको हो ।
इंग्ल्यान्डका जन्मिएका बबले अष्ट्रेलियाका लागि ३५ खेल खेलेका थिए ।
पूर्व प्रशिक्षक समेत रहेका बबले तीन पटक विश्वकप खेलेका थिए ।
यस्तै उनको प्रशिक्षणमा अष्ट्रेलियाले दुई पटक विश्वकप जितेको थियो ।