एजेन्सी । बास्केटबलका लिजेण्ड खेलाडी माइकल जोर्डनको जर्सी कीर्तिमानी मूल्यमा बिक्री भएको छ ।
युनिभर्सिटी अफ नर्थ कारोलिनाबाट खेल्दा माइकलले लगाएको जर्सी १ मिलियन पाउण्डमा बिक्री भएको छ ।
हेरिटेज अक्सन स्पोर्ट्सले जोर्डनको जर्सी १ मिलियन पाउण्डमा शनिबार बिक्री भएको जनाएको छ ।
यस अघि पनि जोर्डनले प्रयोग गरेको सामग्री महँगो मूल्यमा बिक्री भएको थियो ।
एनबीए लिजेण्ड जोर्डनले प्रयोग गरेको नाईकीको 'एयर जोर्डन १' जुत्ता ५ लाख ६० हजार युरोमा बिक्री भएको थियो ।
जुन मूल्य बास्केटबल जुत्ताको अक्सन इतिहासकै सर्वाधिक महँगो हो ।
सिकागो बुल्सका पूर्व स्टार जोर्डनले क्लबका लागि ६ पटक एनबीए उपाधि जितेका थिए ।
५८ वर्षीय जोर्डनले सिकागोबाट १५ सिजन खेलेका थिए ।
सन् २००३ बाट उनले खेल जीवनबाट सन्यास लिएका थिए ।