काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्णधारी उसु खेलाडी जुनी राई विवाह बन्धनमा बाँधिएकी छन् ।
इलामको देउमाई नगरपालिकाकी जुनीले धादिङका निरज मगरसंग शुक्रबार मगर परम्परा अनुसार विवाह गरेकी हुन् ।
उनले सिमित परिवारका सदस्यबीच विवाह कार्यक्रममा सम्पन्न गरेकी हुन् ।
कोरोना संक्रमणका कारण परिवारका सिमिति सदस्य विवाह कार्यक्रममा उपस्थित थिए ।
लामो समयदेखि यसै मितिमा विवाहको टुङ्गो गरेकाले प्रतिकुल अवस्था भएपनि पूर्ण सुरक्षित रहँदै विवाह बन्धनमा बाँधिएको जुनीले बताईन् ।
जुनी र नीरज दुवै जना नेपाल प्रहरीका असई हुन् ।
जुनीले १३ औं सागमा उसुमा नेपालका लागि स्वर्ण पदक जितेकी थिईन् ।