पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङको सल्लाहकारमा ध्वज कुमार गुरुङ नियुक्त भएका छन् ।
कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष समेत रहेका ध्वज कुमार नेपाल राष्ट्रिय ह्याण्डबल टोलीका सदस्य समेत हुन् । तत्कालीन समयमा उनले पश्चिमाञ्चलको ह्याण्डबल टोलीका कप्तानी समेत सम्हालेका थिए ।
कुमारकै कप्तानीमा पाँचौ राष्ट्रिय खेलकूदमा पश्चिमाञ्चलबाट पुरुषतर्फ स्वर्ण पदक समेत जितेको थियो ।
स्याङजा वालिङ नगर पालिका वडा नं १२ सिर्सेकोट कोखे घर भई हाल पोखरा १० मा बसोवास गर्दै आइरहेका छन् ।