एन्फाका सहायक महासचिव अर्याललाई कोरोना
सोमबार, २० बैशाख २०७८खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव बसन्त अर्याललाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
एन्फा प्रवक्ता किरण राईले सोमबार अर्याललाई कोरोना भएको सामाजिक संजालबाट बताएका छन् ।
सहायक महासचिव अर्याललाई दोस्रो पटक कोरोनाको संक्रमण भएको हो ।
यस अघि अर्याल गत वर्ष पनि कोरोनाबाट संक्रमित भएका थिए ।
कोरोना पुष्टि भएपछि अर्याल घरमै एकान्तबासमा रहेका छन् ।








%20(2)-1765947464452.png&w=3840&q=75)






