तातोपानी । नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही, बिनिता बुढाथोकी र कोपिला उप्रेती सम्मानित भएकी छिन् ।
भोटेकोशी गाउँपालिकाले शनिबार अरुणा, कोपिला र बिनितालाई नगदसहित सम्मानित गरेको हो ।
गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले नगद ५/५ हजारसहित मायाको चिनोबाट सम्मान गरे ।
भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समापनपछि उनीहरु सम्मानित भएका हुन् ।
सिन्धुपाल्चोकको भोटेकोशीमा शनिबार भएको फाइनलमा न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको थियो ।
प्रतियोगितामा अरुणाले न्यु डायमण्डबाट खेलेकी थिइन् । यस्तै बिनिता एपीएफ र कोपिला पुलिसबाट खेल्ने गर्छिन ।