तातोपानी । विभागीय टिम एपीएफ क्लबले भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
सिन्धुपाल्चोकको भोटेकोशीमा शनिबार भएको फाइनलमा न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
उपाधि जित्ने क्रममा एपीएफले न्यु डायमण्डलाई २५-१६, २५-२२ र २५-१४ को सेटमा पराजित गर्यो ।
उपाधिसँगै एपीएफले ३ लाख प्राप्त गरेको छ । न्यु डायमण्डले २ लाखमा चित्त बुझायो ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल गर्यो ।
नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्दै आर्मीले तेस्रो स्थान हासिल गरेको हो ।
आर्मीले पुलिसमाथि २६-२४, २५-२१ र २५-२३ को सेटमा निकालेको थियो ।
तेस्रो भएसँगै आर्मीले १ लाख प्राप्त गर्यो । चौंथो भएको पुलिसले ५० हजार प्राप्त गरेको छ ।
भोटेकोशी गाउँपालिकाको आयोजना भएको प्रतियोगितामा तीन विभागीयसहित ५ टिमको सहभागिता रहेको थियो ।