तातोपानी । त्रिभुवन आर्मी क्लबले भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।
सिन्धुपाल्चोकको भोटेकोशीमा शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्दै आर्मीले तेस्रो स्थान हासिल गरेको हो ।
आर्मीले पुलिसमाथि २६-२४, २५-२१ र २५-२३ को सेटमा निकालेको हो ।
खेलमा आर्मीकी शान्ति थारु प्लेयर अफ दि म्याच चुनिईन् । उनले ट्रफी र नगद २ हजार प्राप्त गरिन् ।
तेस्रो भएसँगै आर्मीले १ लाख प्राप्त गरेको छ । चौंथो भएको पुलिसले ५० हजार प्राप्त गरेको छ ।
प्रतियोगिताको फाइनलमा भने विभागीय टिम नेपाल एपीएफ क्लब र न्यु डायमण्डबीच प्रतिस्पर्धा हुनेछ ।