तातोपानी । भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।
सिन्धुपाल्चोकको भोटेकोशीमा जारी प्रतियोगिताको फाइनलमा विभागीय टिम नेपाल एपीएफ क्लब र न्यु डायमण्डबीच प्रतिस्पर्धा हुनेछ ।
तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा एपीएफ र न्यु डायमण्डबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित कोर्ट उत्रने छन् ।
पहिलो सेमिफाइनलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई हराएको थियो । यस्तै दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर एपीएफले न्यु डायमण्डसँगको भेट पक्का गरेको थियो।
यस्तै तेस्रो स्थानको लागि आर्मीले पुलिस क्लबसँग खेल्नेछ । तेस्रो स्थानको लागि खेल ९:३० बजे सुरु हुनेछ ।
भोटेकोशी गाउँपालिकाको आयोजना जारी प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले २ लाख पुरस्कार रकम प्राप्त गर्ने छन् ।
त्यस्तै तृतीय हुने टोलीले १ लाख र चौथो हुनेले ५० हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछ ।
यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिवेरो, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ७–७ हजार प्राप्त गर्ने छन् ।