मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

रारा बुलबुलेलाई भलिबल संघको कारबाही

सोमबार, बैशाख ६, २०७८खेलपाटी संवाददाता
रारा बुलबुलेलाई भलिबल संघको कारबाही
Classic Tech Internet Ad

काठमाडौं । नेपाल भलिबल संघ (एनभिए)ले रारा बुलबुले क्लबलाई कारबाही गर्ने भएको छ ।

सोमबार बसेको एनभिएको बैठकले रारा बुलबुलेलाई कारबाही गर्ने निर्णय गरेको हो ।

पाचौं संस्करणको एनभिए भलिबल क्लब लिग खेल्न आएका तीन पाकिस्तानी खेलाडीलाई अलपत्र पारेको भन्दै संघले रारा बुलबुलेलाई कारबाही गरेको हो । 

प्रतियोगिताका लागि रारा बुलबुलेले पाकिस्तान राष्ट्रिय टोलीका सदस्य मुराद जिहानसहित तीन खेलाडी अनुबन्ध गरेको थियो ।

प्रकृया नपुर्याएर विदेशी खेलाडीलाई प्रतियोगितामा समावेश गरेको भन्दै रारा बुलबुलेको दर्ता राखेज गर्दै ठगी मुद्धामा कारबाही प्रक्रिया अघि बढाउने संघले निष्कर्श बैठकले निकालेको एक सचिवले खेलपाटीलाई जानकारी दिए ।

यस्तै, बैठकले खेलाडीलाई स्वदेश पठाउन संघले पहलकदमी लिने निर्णय गरेको छ ।

प्रतियोगितामा क्लब तेस्रो स्थानमा रहेको थियो ।

प्रतियोगिताको समापन कार्यक्रममा रारा बुलबुलेले पुरस्कार समेत लिएको थिएन ।

लिग चरणको अन्तिम खेलमा हेल्प नेपाल एपीएफसँग ३-० सेटले पराजित भएपछि बुलबुलेले असन्तुष्टि जनाएको थियो ।

क्लबका अध्यक्ष निलमकुमार शाहीले प्रायोजकबाट प्राप्त रकम समयमा नआउँदा खेलाडीलाई स्वदेश पठाउन नसकिएको खेलपाटीलाई बताए । उनले खेलाडीलाई अलपत्र पारेको विषय सही नभएको दाबी गरे ।

‘दैनिक २०–२५ हजार खर्च गरेर खेलाडीलाई होटलमा राख्ने रहर हैन । प्रायोजकबाट रकम नआउँदा गाह्रो भएको हो ।’ शाहीले भने ।

प्रतियोगिताको उपाधि हेल्प नेपालले जितेको थियो । उसले फाइनलमा विभागीय एपीएफ क्लबलाई ३-० को सेटमा पराजित गरेको थियो ।

महिलातर्फ भने पुलिस क्लबलाई पराजित गर्दै न्यू डायमण्डले उपाधि हात पारेको थियो । 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

Bajaj Pulsar Motorcycle Ad
रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार