काठमाडौं । दोस्रो संस्करणको सुनापाति गाउँपालिका अध्यक्ष कप गाउँपालिका स्तरीय अन्तर वडा तथा क्लब खेलकुद पुरुष भलिबल तथा महिला, पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
रामेछापको सुनापाति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता वैशाख १० देखि १३ गतेसम्म हुनेछ ।
प्रतियोगिता सुनापाति गाउँपालिकाको हिलेदेवी मैदानमा हुनेछ ।
चार दिनसम्म चल्ने प्रतियोगिताको भलिबल विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले ४४ हजार ४ सय ४४ पाउनेछन् ।
यस्तै, तेस्रो हुनेले ३३ हजार ३ सय ३३ र सान्त्वना हुने टिमले ११ हजार १ सय ११ रुपैंया सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १ हजार पाउनेछ भने उत्कृष्ट स्पाईकर सेटर, ब्लकर, डिफेन्डर र सर्भरले ५ सय रुपैया, शिल्ड र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइनेछ ।
यस्तै, ब्याडमिन्टनतर्फका महिला र पुरुष विजेताले ५ हजार ५ सय ५५ पाउनेछन् ।
यसैगरी उपविजेताले ४ हजार ४ सय ४४, तेस्रो हुनेले ३ हजार ३ सय ३३ र सान्त्वनाले १ हजार १ सय ११ रुपैंया, शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् ।
टिमको दर्ता शुल्क ३ हजार रुपैंया रहेको छ ।