काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खेलकुद लगायतका विभिन्न स्थानमा भिडभाड नगर्न अपिल गरेको छ ।
मन्त्रालयले बिहीबार सूचना निकाल्दै कोभिड–१९ को संक्रमण बढ्दो भएकाले भिडभाड नगरिदिन आग्रह गरेको हो ।
मन्त्रालयले सबै नागरिकहरुमा कोभिड–१९ को संक्रमणबाट जोगिन संवेदनशील बनिदिनु हुन र जनस्वास्थ्यका मापदण्डहरु कडाईका साथ पालना गरि दिन अग्रह गरेको छ ।
‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ को भूमिका खेलिदिनुहुन मन्त्रालयले अपिल गरेको हो ।
बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्री व्यवसायहरु, सात बजे पछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पुजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिंग मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिंग पुल आदि स्थलहरुमा सहभागि नभईदिनु मन्त्रालयले अपिल गरेको छ ।
मन्त्रायलयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरंङ, दाङ्ग, सुर्खेत, बारा, बागलुङ गरी १छ जिल्लालाई अति प्रभावित भनी वर्गीकरण गरेको छ ।