सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

एनभीए क्लब च्याम्पियनसिपका ५ दृष्य

शुक्रबार, २७ चैत्र २०७७गिता राई
एनभीए क्लब च्याम्पियनसिपका ५ दृष्य
mustang rice ad

काठमाडौं । पाँचौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता बिहीबार सम्पन्न भयो ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा सम्पन्न प्रतियोगितामा महिलातर्फ न्यु डाईमण्ड र पुरुषतर्फ हेल्प नेपालले उपाधि जिते । क्लब च्याम्पियनसिप नेपाल भलिबल संघले आयोजना गर्ने सबैभन्दा ठुलो प्रतियोगिता हो ।

यस पटकको भलिबल क्लब च्याम्पियनसिप केही कारणले विशेष रह्यो । प्रतियोगितामा देखिएका ५ वटा महत्वपूर्ण पक्षलाई हामीले समावेश गरेका छौं ।

विदेशी खेलाडीकाे प्रभाव

प्रतियोगितामा प्रत्येक टिमले तीन विदेशी खेलाडी राख्न पाईने प्रावधान छ । अघिल्लो वर्ष हेल्प नेपालले मात्र विदेशी खेलाडीलाई ल्याउने गर्दथ्यो । तर यसपटक भने रारा बुलबुलेले पनि तीन विदेशी खेलाडी ल्याएको थियो । जसका कारण प्रतियोगिता थप रोमान्चक बन्यो । हेल्प नेपालले तीन भारतीय खेलाडी तथा रारा बुलबुलेले तीन पाकिस्तानी खेलाडीलाई टिममा समावेश गरेका थिए ।

हेल्प नेपालमा सम्मिलित तीन खेलाडीमा बिनित कुमार भारतीय टिमका कप्तान समेत हुन् । रोहित कुमार एसियन गेम्स खेलेका र विकास राष्ट्रिय टिमका पूर्व सदस्य हुन् । निकै उत्कृष्ट प्रर्दशन गरेका विदेशी खेलाडीबाट नेपाली खेलाडीले पनि सिक्ने अवसर पाए ।

विदेशी खेलाडीकै प्रभावमा हेल्प नेपालले प्रतियोगिताको उपाधि समेत उचाल्यो ।

प्रतिभाको उत्कृष्ट पुनरागमन

यस वर्षको प्रतियोगिता प्रतिभा मालीको उत्कृष्ट पुनरागमनले समेत खास बन्यो । प्रतिभाले गतवर्ष यसै प्रतियोगिताको फाइनल खेलमा गम्भिर चोट बोकेकी थिईन् ।

फाइनलमा एपीएफविरुद्ध स्पाइक हानेर ‘ल्यान्डिङ’ हुने क्रममा सन्तुलन नमिल्दा घाइते भएकी थिईन् ।

चोटका कारण प्रतिभा करिब एकवर्ष मैदान बाहिर रहिन् । तर उत्कृष्ट पुनरागमन गर्दै प्रतिभाले प्रतियोगिताको उपाधि चुम्न सफल भईन् । उनकै उच्च प्रर्दशनमा न्यु डाईमण्डले लामो समयको अन्तरालपछि उपाधि जितेको थियो ।

महिला टिममा सबैभन्दा बलियो टिम मानिने एपीएफलाई ३–१ को सेटमा हराउँदै फाइनलमा आफ्नो स्थान बनाएको थियो । प्रतिभा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बन्दै पुरानै लयमा फर्किएको प्रमाणित गरिन् ।

अफिसियल ब्रोडकाष्ट

नेपाल भलिबल संघले आधिकारिक प्रशारण अधिकार बेचेर यस वर्ष कमाई समेत गर्यो । प्रत्यक्ष प्रशारणका लागि समस्या भोग्दै आएको संघलाई मिडिया हबले ३ लाख रुपैयाँ दिएर प्रशारण अधिकार किन्यो ।

करोडौं रुपैयाँ प्रत्यक्ष प्रशारण बापत कमाईरहेका फुटबल र क्रिकेट संघले कमाईरहेका छन् । अब यसमा भलिबलसमेत जोडिएको छ । सुरुवातमा ३ लाख मात्र पाएको छ । अब यो क्रम बढ्ने देखिन्छ ।

एपीएफले गुमाएको लय

एपीएफ महिला भलिबलको पावर हाउस हो । तर पछिल्लो समय एपीएफले लय गुमाएको छ । प्राय सबै प्रतियोगिताको च्याम्पियन बन्ने गरेको एपीएफको यसवर्षको प्रर्दशन निकै फितलो देखिएको छ । सबै टिमलाई सजिलै पराजित गर्ने क्षमता राख्ने एपीएफ यसपटक भने कमजोर देखियो ।

महिला भलिबलमा एकछत्र राज गरेको एपीएफलाई न्यु डाईमण्ड तथा नेपाल पुलिसले सजिलै हराउने अवस्था बनेको छ । एपीएफलाई नेपाल पुलिस तथा न्यु डाईमण्डले समान ३–१ को सेटमा हराए । एपीएफकी मुख्य खेलाडी सरस्वतीको प्रर्दशन समेत कमजोर देखियो ।

यसअघि टिमले उपाधि हात पार्दा होस वा पराजित हुँदा उनले विधागततर्फ उपाधि हात पार्दै आएकी थिईन् । तर यसपटक भने उनी उपाधि विहिनसंगै ब्यक्तिगत स्पर्धामा समेत कमजोर देखिईन् ।

युवा खेलाडीको उच्च प्रर्दशन

यस प्रतियोगितामा स्टार खेलाडी ओझेल परे । तर नयाँ खेलाडीले आफुलाई यस प्रतियोगितामा उत्कृष्ट साबित गरे । तीमध्ये महिलातर्फ न्यु डाईमण्डकी बाल्मिका आचार्य, झरना श्रेष्ठ, आर्मीकी सृष्टि खड्गी, पुलिसकी लक्ष्मी चन्द, भरतपुरकी आरती सुबेदी, निशा चौधरीको प्रर्दशन उच्च रह्यो ।

बाल्मिका, र झरना न्यु डाईमण्डका मुख्य खेलाडी हुन् । उनीहरुकै उच्च प्रर्दशनमा टिमले लामो समयपछि उपाधि हात पा¥यो । आर्मीकी सृष्टि आशालाग्दो खेलाडीमा देखा परिन् ।

पछिल्लो समय उनी सेट बाहिर हुन्थिन् । तर यसपटक अवसर पाईन् । जसको उचित सदुपयोग गर्दै सृष्टिले आफुलाई प्रमाणित गरिन् । पुरुषतर्फ नयाँबजारका सन्तोष थापा, विवश थापा र रुप बहादुर गुरुङजस्ता युवा खेलाडीको प्रर्दशन उत्कृष्ट रह्यो ।

टिमले प्रतियोगितामा खासै राम्रो नतिजा हात पारेन तर युवा खेलाडीको प्रर्दशन उच्च थियो । उनीहरुले उमेर समूहमा आफुलाई उत्कृष्ट साबित गरेका छन् । साथै राष्ट्रिय टिममा स्थान बनाउन सक्ने क्षमता प्रस्तुत गरेका छन् ।

 

 

 

 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

Bajaj Pulsar Motorcycle Ad
आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो