प्रशिक्षक दिपेन्द्रमा श्रद्धान्जली
बिहिबार, चैत २६, २०७७खेलपाटी संवाददाता
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कराते सहायक प्रशिक्षक स्व. दिपेन्द्रमान श्रेष्ठलाई बिहिबार राखेपमा श्रद्धान्जली अर्पण गरिएको छ ।
स्व. श्रेष्ठको तस्विरमा राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य एकेन्द्र कुवर, नन्दा बस्याल, सचिव एवं प्रशासन प्रमुख कुल बहादुर थापा, कर्मचारी प्रशासनका प्रमुख बिनोद कुमार उप्रेतीलगायत कर्मचारीहरुले फुल, माला र अविर लगाई श्रद्धान्जली अर्पण गरेका थिए ।
मुटु, कलेजो र फोक्सोको समेत बिमारी रहेका श्रेष्ठको २३ गते सोमबारका दिन बेलुका निधन भएको राखेपका कराते प्रशिक्षक सन्तोष श्रेष्ठले जानकारी गराए ।
२०३५ साल जेष्ठ १५ गते काठमाण्डौमा जन्मेका श्रेष्ठ २०६६ बैशाख २३ गते मासिक ज्यालादारीमा परिषद्मा नियुक्ति भई २०६८ भाद्र ९ गते देखि करारमा कार्यरत रहेका थिए ।






copy-1761474438174.jpg&w=3840&q=75)



-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)




