काठमाडौं । न्यु डाईमण्ड स्पोर्ट्स क्लबकी स्पाइकर प्रतिभा माली र हेल्प नेपालका विनित कुमार पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार सम्पन प्रतियोगिताको महिलातर्फ प्रतिभा र पुरुषमा विनित सर्वाेत्कृष्ट चुनिएका हुन् ।
सर्वाेत्कृष्ट बनेका प्रतिभा र विनितले जनही २५/२५ हजार प्राप्त गरे ।
महिलातर्फ न्यु डाईमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, पुलिसकी मनिषा चौधरी उत्कृष्ट ब्लकर, पुलिसकै कमला पुन उत्कृष्ट सेटर, न्यु डाईमण्डकी ललिता नाथ उत्कृष्ट सर्भर र न्यु डाईमण्डका कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले जनही १० हजार प्राप्त गरे ।
पुरुषतर्फ रारा बुलबुलेका मुराढ जेहान उत्कृष्ट स्पाइकर, हेल्प नेपालका विकास कुमार उत्कृष्ट सेटर, पुलिसका दिपक राज जोशी उत्कृष्ट ब्लकर, एपीएफका विनोद चन्द उत्कृष्ट डिफेन्डर, बुलबुलेका घनश्याम चौदहरी उत्कृष्ट सर्भर र हेल्प नेपालका रमेश केसी उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले जनही १० हजार प्राप्त गरे ।