काठमाडौं । त्रिभुवन आर्मी क्लबले पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा तेस्रो जित निकालेको छ ।
त्रिपुरेश्वस्थित राखेपको कर्भडहलमा आज (सोमबार) भएको पुरुषतर्फको खेलमा आर्मीले नेपाल एपीएफ क्लबलाई ३-० सोझो सेटमा पराजित तेस्रो जित निकालेको हो ।
आर्मीले एपीएफलाई २५–१५, २५–१८ र २८–२६ को सेटमा पराजित गर्यो । आर्मीले ४ खेलमा ९ अंक जोडेको छ भने एपीएफले ४ खेलमा ९ अंक जोडेको छ ।
आर्मी दोस्रो स्थानमा रहेको छ । एपीएफ तेस्रो स्थानमा रहेको छ ।
पुरुषतर्फकै अर्को खेलमा मणिमुकुन्द भलिबल क्लबले नयाँ बजार सामाजिक क्लबलाई २५-२१,२५-१५,२४-२६,२२-२५ र १५-१० ले हराएको छ ।
जितपछि मणिमुकुन्दले ५ खेलमा २ अंक जोडेको छ । नयाँ बजारको ५ खेलमा १ अंक जोडेको छ ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउनेछन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् ।
उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउने आयोजकले जनाएको छ ।