बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

पुलिससँग एपीएफ स्तब्ध

शनिबार, २१ चैत्र २०७७खेलपाटी संवाददाता
पुलिससँग एपीएफ स्तब्ध
Classic Tech Internet Ad

काठमाडौं । नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ एपीएफ क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा शनिबार भएको डर्बी भिडन्तमा पुलिसले एपीएफलाई ३-२ को सेटमा पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती दुई सेट एपीएफले २५-२० र ३०-२८ ले जितेको थियो ।

तर, त्यसपछिका सेटमा भने पुलिसले उत्कृष्ट पुनरागमन गर्यो । पुलिसले तेस्रो सेट २५-२३, चौंथो सेट २५-१९ र पाँचौ सेट १५-११ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।

No description available.

यससँगै पुलिसले लिगमा लगातार दोस्रो जित निकालेको छ । पुलिसले २ खेलमा ५ अंक जोडेको छ ।

पुलिस लिगको तेस्रो स्थानमा रहेको छ । एपीएफको यो पहिलो हार हो । एपीएफले २ खेलमा ४ अंक जोडेको छ ।

जितपछि पुलिसका मुख्य प्रशिक्षक रुपेश विष्टले एपीएफलाई हराउँन सफल भएकोमा टिमबाट खुसी भएको बताए ।

'हामी जित्छौं भनेर नै खेलेका हौँ । जित्यौं पनि । खुसी लागेको हो । पहिलो र दोस्रो सेटमा ब्लक र अट्याक मिलेन । अरु सेटमा सबै मिल्यो,' उनले भने ।

No description available.

शनिबार नै भएको यस अघिको खेलमा न्यु डाइमण्डले भरतपुर मेट्रो खेलकुद परिषदलाई ३-० को सेटमा हराएको थियो ।

त्यस्तै विभागीय टिम आर्मीले ढोरपाटनलाई ३-० को सेटमा हराएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।

लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

Bajaj Pulsar Motorcycle Ad
सन्तोष र अनिश एपीएफमा

सन्तोष र अनिश एपीएफमा

एपीएफको मुख्य प्रशिक्षकमा राजेन्द्र

एपीएफको मुख्य प्रशिक्षकमा राजेन्द्र

 शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

नसारको जितमा रोनाल्डोको असिस्ट

नसारको जितमा रोनाल्डोको असिस्ट

धिरोजको कप्तानीमा  बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

धिरोजको कप्तानीमा बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने