आठौं राष्ट्रिय कराते शुक्रबारबाट
मंगलबार, ०२ आश्विन २०७५खेलपाटी संवाददाता

काठमाडौं । आठौं संस्करणको राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारबाट हुने भएको छ ।
आयोजक नेपाल गोजुरियो कराते संघले मंगलबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता शुक्रबार र शनिबार हुने जनाएको हो ।
प्रतियोगितामा सातै प्रदेश, क्लब तथा बिद्यालयबाट गरि ३ सय खेलाडीहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको दौरान अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीलाई पनि सम्मान गरिने बताईएको छ ।
यसै प्रतियोगितालाई आधार मानेर संघले इन्डोनेसियाको जाकार्तमा हुने छैटौं एसियन गोजुरियो कराते प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने समेत जनाएको छ ।







-1761998475071.jpg&w=3840&q=75)



-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)


