काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो मातहतमा रहेको फुटसल कमिटि र फुटसल लिगको प्रतीक चिन्ह (लोगो) छनोट गरेको छ ।
एन्फाले खुल्ला प्रतिस्पर्धाबाट फुटसल कमिटि र फुटसल लिगको लोगो छनोट गरेको हो ।
एन्फाले बिहीबार सिक्सवजनाइन डिजाइनले बनाएको लोगो छनोट गरेको हो ।
एन्फाले गत माघमा लोगो डिजाइनको लागि सूचना निकालेको थियो ।
अब एन्फाले यस लोगो आधिकारिक रुपमा प्रयोग गर्नेछन् ।
एन्फाले फुटसल कमिटिको लोगो बनाउनेलाई ३० हजार र फुटसल लिगको लोगो बनाउनेले २५ हजार दिने जनाएको थियो ।