धनगढी । धनगढीमा आयोजना हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्ड अन्तर्गत वर्षको चर्चित खेलाडी विधालाई अत्तरियाका युवा व्यवसायी सुसन जोशीले प्रायोजन गरेका छन् ।
नेपाल खेलकद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्षको चर्चित खेलाडी अर्थात पिपुल च्वाईस अवार्डलाई जोशीले प्रायोजन गरेका हुन् ।
जोशी सुदूरपश्चिम र मध्यपश्चिममै पहिलो पटक सबैभन्दा वढी धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्ने वनदेवी युवा क्लबका अध्यक्ष हुन् । वर्षको चर्चित खेलाडी पिपुल च्वाईच विधाको नाम बिवाईसी पिपुल च्वाईच अवार्ड रहनेछ । वनदेवी युवा क्लबले विगत लामो समयदेखि विभिन्न सामाजिक कामहरु पनि गर्दै आएको छ । जोशीले व्यक्तीगत रुपमा विभिन्न सामाजिक कामहरुमा पनि सहयोग गर्दै आएका छन् ।
अवार्ड अन्तर्गतको यो विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा युवा व्यवसायी सुसन जोशी र र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाबीच हस्ताक्षर भएको छ ।
अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।
अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।