पोखरा । दक्षिण एसियाली खेलकुद(साग)मा पदक प्राप्त खेलाडीहरुको एक टोलीले सहारा एकेडेमीको अवलोकन गरेको छ ।
तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्ट, करातेका दीपक श्रेष्ठ र मन्देकाजी श्रेष्ठसहितको एक टोलीले आइतबार एकेडेमीको अवलोकन गरेका हुन् ।
सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, विरभद्र आचार्य लगायतको टोलीले एकेडेमीमा उक्त टोलीलाई खादा लगायर स्वागत गरेको थियो ।
कार्यक्रममा बोल्दै पदकधारी खेलाडी विष्टले धेरै पटक एकेडेमीमा आउने प्रयास गर्दा बल्ल अवसर मिलेको बताउदै उत्त क्लवले आफुहरुले अपेक्षा भन्दा धेरै राम्रो ढंगले व्याबस्थापन गर्दै आएको बताए ।
अर्का खेलाडी श्रेष्ठले उत्त एकेडेमीमा सरकारको समेत सहयोग आवश्यक भएकोले यसमा सबैले पहल गर्नु पर्ने बताए ।
सहारा एकेडेमीमा १४ जिल्लाका २४ जना वालकहरु रहेका छन् ।
यस वर्ष १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता पोखरामा चैत १७ गते २८ गतेसम्म हुने तयारी सुरु भएको छ ।
उक्त प्रतियोगिताको बचत रकमले सहारा क्लवले एकेडेमीमा खर्चिदै आएको छ ।