काठमाडौं । दोस्रो संस्करणको डोल्पो कप महिला तथा पुरुष फुटसल प्रतियोगिता फागुनमा आयोजना हुने भएको छ ।
डोल्पो खेलकुद संघको आयोजनामा हुने प्रतियोगिता फागुन २२ (मार्च ६ ) मा हुनेछ ।
बौद्धको ले हिमालय फुटसलमा हुने प्रतियोगितामा उप्पर डोल्पाका तीन गाउँपालिकाका टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा १७ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष भुचुङले जानकारी दिए ।
प्रतियोगितामा सहभागी टिमका खेलाडी स्थानीय बासिन्दा नै हुनु पर्नेछ ।
प्रतियोगिताको विजेताले मौलिक परम्पराको काठबाट बनेको ट्रफी (फोरा) सहित नगद पुरस्कार पाउने छन् ।
नगद पुरस्कारबारे पछि तय हुने आयोजकले जनाएको छ ।