पोखरा । बगर भाइखलक पोखराले स्याङ्जाको वालिङमा आयोजना भएको प्रथम वालिङ फुटसल कपको उपाधि जितेको छ ।
वालिङमा शनिबार भएको फाइनल खेलमा टिम वालिङ फुटसललाई ३-० गोल अन्तरले पराजित गर्दै भाइखलकले उपाधि जितेको हो ।
भाइखलकलाई उपाधि दिलाउन आकाश थपलिया, सुदिप पाठक र प्रशन्न श्रेष्ठले १/१ गोल गरे ।
उपाधिसँगै बगर भाइखलकले २५ हजार प्राप्त गरेको छ । उपविजेता बनेको आयोजकले १५ हजारमा चित्त बुझायो ।
त्यस्तै प्रतियोगिताबाट तेस्रो र चौथो बनेको वालिङ स्पोर्टस् सेन्टर टिम ‘ए’ र ‘बी’ ले क्रमश ७ हजार र ५ हजार प्राप्त गर्यो।
वालिङ फुटसलले आयोजना गरेको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो ।