काठमाडौं । नेपाल कम्युनिष्ट पाटी नेकपाको आन्तरिक शक्ति संघर्षमा लिलबहादुर थापा ओली समूहमा लागेका छन् ।
नेपाल भलिबल संघको पुर्व उपाध्यक्ष समेत रहेका थापा प्रधानमन्त्री केपी ओली समूहमा खुलेका हुन् ।
उनी नेकपाको केन्द्रिय सदस्य हुन् । तत्कालिन माओबादी केन्द्रमा उनी पोलिटब्युरो सदस्य थिए ।
नेपाल भलिबल संघमा दुई पटक केन्द्रिय उपाध्यक्षको रुपमा रहेका थापा आइटीएफ तेक्वान्दोका संस्थापक सदस्यको रुपमा काम गरिसकेका छन् ।
थापा यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवको दौडमा समेत देखिएका थिए ।
युवा तथा खेलकुद मन्त्रालयबाट गठिन सिफारिस समितिले थापा सहित तीन जनाको नाम सदस्य सचिवका लागि मन्त्रीपरिषद्बाट सिफारिस गर्ने निर्णय गरेको थियो ।
थापालाई पछि पार्दै रमेशकुमार सिलवाल राखेपको सदस्य सचिवमा नियुक्त भएका थिए ।
तत्कालिन जनमुक्ति सेनालाई पाटीका कार्यकारी अध्यक्ष प्रचण्डले वेवास्ता गरेको निष्कर्श सहित थापाले ओली समूहमा खुलेको बताएका छन् ।