काठमाडौं । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठलाई पितृ शोक परेको छ ।
अध्यक्ष श्रेष्ठका पिता कृष्णराम श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको हो ।
उनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
श्रेष्ठका दुई छोरा र एक छोरी छन् ।
एनओसीका अध्यक्ष श्रेष्ठ कान्छा छोरा हुन् ।