सोमबार, ०८ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नविनलाई हराउँदै प्रिन्स च्याम्पियन

शुक्रबार, २६ मंसिर २०७७नमीन ढकाल
नविनलाई हराउँदै प्रिन्स च्याम्पियन

प्रिन्स दाहाल । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

सिन्धुपाल्चोक । आर्मीका नविन श्रेष्ठलाई हराउँदै प्रिन्स दाहालले तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

शुक्रबार जिल्ला सदरमुकामको कभर्डहलमा भएको उपाधि भिडन्तमा प्रिन्सले नविनलाई २१-१४, २१-१० काे सोझो सेटमा पराजित गरे ।

नेपाल नम्बर एक रत्नजित तामाङलाई पराजित गर्दै प्रिन्सले फाईनल यात्रा तय गरेका थिए । व्यक्तिगत स्पर्धामा प्रिन्सले रत्नजितमाथि पहिलो पटक हराएका हुन् ।

जितसंगै प्रिन्सले नगद १ लाख ११ हजार रुपैयाँ प्राप्त गरेका छन् । उपविजेता नविनले ५५ हजार ५ सयमा चित्त बुझाएका छन् ।

शुक्रबारनै भएको जिल्लातर्फको मेन्स डबलकाे उपाधि त्रिपुरा सुन्दरी गाउँपालिकाका अभिषेक रिजाल र युवराज अधिकारीले प्राप्त गरे । विजेता जोडीले फाइनल भिडन्तमा प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ चौतारालाई २१–१२, २१–१९ को सोझो सेटमा पराजित गरे ।

उपाधिसँगै अभिषेक र युवराजको जोडीले ट्रफी सहित ४० हजार प्राप्त गरे । यस्तै उपविजेता प्रकाश र रमेशको जोडीले ३० हजार प्राप्त गरे ।

तेस्रो स्थान हात पार्न सफल अजय तामाङ र राजकुमार तामाङको जोडी तथा सुरेन्द्र श्रेष्ठ र कैलाश घलेको जोडीले ५–५ हजार प्राप्त गरे ।

यसअघिनै भएको जिल्लातर्फको मेन्स सिंगलको उपाधि विजेता अभिषेक गुरुङले ३० हजार प्राप्त गर्दा उपविजेता सुरेन्द्र श्रेष्ठले २० हजार प्राप्त गरे ।

यस्तै जिल्ला सिंगलतर्फ तेस्रो भएका रमेश श्रेष्ठ र अजय तामाङले ५–५ हजार प्राप्त गरे ।

कोरोना महामारिबीच मंसिर २१ गतेबाट संचालनमा आएको प्रतियोगिता शुक्रबार समापन भएको हो ।

समापन समारोहको मुख्य अथितीमा पूर्व कानुन मन्त्री तथा सांसद शेर बहादुर तामाङ, चौतारा सांगाचोकगढी नगरप्रमुख अमानसिंह तामाङ, ब्याडमिन्टन संघका अध्यक्ष राम जी श्रेष्ठ, ब्याडमिन्टन संघका उपाध्यक्ष तथा राखेप बोर्ड सदस्य शुबास श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

१४औं साग चैतमा

१४औं साग चैतमा

Loading ad...
xTreme Energy Drink
अपेक्षा गरिएभन्दा कम मूल्यमा बिक्री भयो ‘ह्यान्ड अफ गड’ गोल गरेको बल

अपेक्षा गरिएभन्दा कम मूल्यमा बिक्री भयो ‘ह्यान्ड अफ गड’ गोल गरेको बल

‘बहुरुपी’ रोनाल्डो !

‘बहुरुपी’ रोनाल्डो !

नेपालको पहिलो जित

नेपालको पहिलो जित

नामिबियाले दक्षिण अफ्रिका  र जिम्बाबेसँग टी–२०  सिरिज खेल्ने

नामिबियाले दक्षिण अफ्रिका र जिम्बाबेसँग टी–२० सिरिज खेल्ने

सजग एनरिके

सजग एनरिके

मेसीलाई जरिवाना, रोनाल्डोले  पहिलो खेलमै गरे गोल

मेसीलाई जरिवाना, रोनाल्डोले पहिलो खेलमै गरे गोल

पहिलो जितको खोजिमा नेपाल

पहिलो जितको खोजिमा नेपाल

जोगियो लिभरपुल

जोगियो लिभरपुल