शुक्रबार, ०६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रिन्सको विजयी सुरुवात

बुधबार, २४ मंसिर २०७७नमीन ढकाल
प्रिन्सको विजयी सुरुवात

प्रिन्स दाहाल । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

सिन्धुपाल्चोक । युवा खेलाडी प्रिन्स दाहालले तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’ को राष्ट्रिय मेन्स सिंगलमा विजयी सुरुवात गरेका छन् ।

बुधबार सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भएको मेन्स सिंगलतर्फ पहिलो खेलमा प्रिन्सले गोकुल जोरालाई पराजित गर्दै सुखद् सुरुवात गरेका हुन् ।

त्रिभुवन आर्मी क्लबका जोरालाई प्रिन्सले २१–७, २१–९ ले पराजित गरे ।

अब प्रिन्सले सेमिफाइनल प्रवेशका लागि आर्मीकै प्रविन लिंथेपसँग प्रतिस्पर्धा गर्नेछन् ।

बुधबारनै भएको खेलमा प्रविनले रामेछापका टिकाराम राना मगरलाई २१–४, २१–६ को सोझो सेटमा पराजित गर्दै प्रिन्ससँगको भेट पक्का गरे ।

अन्य खेलमा नेपाल पुलिस क्लबका जिवन आचार्य, आर्मी क्लबका प्रफुल्ल महर्जन, आर्मीकै नविन श्रेष्ठ, आर्मीकै रुकेश महर्जन र एपीएफ क्लबका राजन कृष्ण ताम्राकार विजयी भए ।

पुलिसका जिवनले जिल्ला मेन्स सिंगलतर्फ विजेता सिन्धुपाल्चोकका अभिषेक रिजाललाई २१–१३, २१–१० को सोझो सेटमा पराजित गरे । यस्तै आर्मीका प्रफल्लले रुपन्देहीका डेभिड थापा मगरलाई २१–१२, २१–१३ को सोझो सेटमै पराजित गरे ।

आर्मीकै नविनले आर्मीका प्रियन्सु सिंह क्षेत्रीलाई २१–१७, २१–१४ को सोझो सेटले पराजित गरे ।

आर्मीका रुकेशले आर्मीकै आयुष्मान नगरीलाई २१–१८, २१–१६ को सोझो सेटमा पराजित गरे । दिनको अन्तिम खेलमा एपीएफका साजन कृष्ण ताम्राकारले एपीएफकै निराजन देभकोटालाई २१–९, २१–१३ ले पराजित गरे ।

चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा चलिरहेको प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधामा प्रतिस्पर्धा गराईएको छ ।

पहिलो चरणमाको जिल्ला पुरुष एकलको उपाधि त्रिपुरा सुन्दरी गाउँपालिकाका अभिषेक गुरुङले पोल्टामा पारेका छन् । यस्तै युगल जोडी तर्फ प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ तथा अभिषेक गुरुङ र युवराज अधिकारीको जोडी २६ गते उपाधिका लागि भिड्नेछन् ।

दोश्रो चरणको राष्ट्रिय स्तरको पुरुष एकल प्रतियोयगता भने बुधबारबाट सुरुभएको हो । पहिलो दिन प्रि-क्वाटरफाइनलका खेल आयोजना भए ।

राष्ट्रिय स्तरको पुरुष एकल तर्फको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्ने छन् भने उपबिजेताले नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । यस्तै सेमिफाईनलिस्ट (तृतीय स्थान) दुई जनाले जनही १० हजार प्राप्त गर्ने छन् ।

युगलतर्फ बिजेता जोडीले ४० हजार, उपबिजेता जोडीले ३० हजार र सेमिफाईनलिस्ट दुई जोडीले ५-५ हजार प्राप्त गर्नेछन् ।

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगन गर्न आदेश

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगन गर्न आदेश

एन्फाका कानुन व्यवसायीविरुद्ध उजुरी दर्ता

एन्फाका कानुन व्यवसायीविरुद्ध उजुरी दर्ता

दीपेन्द्रसिंहले इयू टी–२० लिग बेल्जियम खेल्ने

दीपेन्द्रसिंहले इयू टी–२० लिग बेल्जियम खेल्ने

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

 स्वीकृतिबिना एन्फा निर्वाचन गरिए हामीलाई मान्य हुँदैन : राखेप

स्वीकृतिबिना एन्फा निर्वाचन गरिए हामीलाई मान्य हुँदैन : राखेप

क्लब छानबिनमा तानिए, राष्ट्रिय लिगका खेल रोकियो

क्लब छानबिनमा तानिए, राष्ट्रिय लिगका खेल रोकियो

चर्च बोइज र मच्छिन्द्रसहित ७ क्लब अध्यागमन विभागको छानबिनमा

चर्च बोइज र मच्छिन्द्रसहित ७ क्लब अध्यागमन विभागको छानबिनमा