सिन्धुपाल्चोक । प्रकाश श्रेष्ठ र अभिषेक गुरुङको जोडी तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’ को जिल्ला स्तरिय मेन्स डबलको फाइनलमा पुग्न सफल भएको छ।
मंगलबार विहान सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भएको पहिलो सेमिफाइनलमा प्रकाश र रमेश श्रेष्ठको जोडीले अजय तामाङ र राज कुमार तामाङको जोडीलाई २–१ सेटमा पराजित गर्दै उपाधि नजिक रहे ।
यस्तै, विहानै भएको दोस्रो सेमिफाइनलमा अभिषेक र युवराज अधिकारी जोडीले सुरेन्द्र र कैलाश घलेको जाडीलाई २–१ ले पराजित गर्दै उपाधि नजिक पुगे ।
पहिलो सेट २०–२० ले गुमाएको प्रकाश जोडीले बाँकी दुई सेटमा पुनरागमन गर्दै २१–१० र २१–७ मा जित्न सफल भए ।
यस्तै दोस्रो खेलको पहिलो सेट २०–२२ ले गुमाएको अभिषेकको जोडीले सुरेन्द्रको जोडीलाई पुनरागमन गर्दै २१–११, २२–११ मा हराउन सफल भयो ।
अब दुई जोडी उपाधिका लागि २६ गते भिड्नेछन् ।
यस्तै, आजनै भएको पुरुष सिंगल तर्फ सेमिफाइनलमा विजयी हुँदै सुरेन्द्र श्रेष्ठ र अभिषेक गुरुङ उपाधिका लागि भिड्ने भएका छन् ।
विहान भएको खेलमा सुरेन्द्रले रमेश श्रेष्ठलाई पुनरागनम जितमा १६–२१, २१–११ र २१–१४ ले हराउन सफल भए ।
यस्तै दोस्रो मेन्स सिंगलतर्फ अजय तामाङले खुट्टामा चोट बोक्दा अभिषेक गुरुङ एक सेटनै नखेली उपाधिकाे नजिक पुगे । पहिलो सेट १७–२१ ले गुमाएका अजय दोस्रो सेट समेत ९–११ ले गुमाईरहेको समय चोट बोकेका थिए । यसपछि उनले खेल नखेल्ने बताएका थिए ।
फाइनल खेल आज(मंगलबार)नै साझ ४ बजे हुनेछ । फाइनल खेल खेलपाटी डटकमकाे फेसबुक पेजमा प्रत्यक्ष प्रशारण हुनेछ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा चलिरहेको प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधमा प्रतिपर्धा गराईने आयोजकले जनाएको छ ।
पहिलो चरणमा जिल्लाका लागि पुरुष एकल र युगल तथा दोश्रो चरणमा राष्ट्रिय स्तरको पुरुष एकल प्रतियोयगता आयोजना गरिनेछ ।
राष्ट्रिय स्तरको पुरुष एकल तर्फको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्ने छन् भने उपबिजेताले नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । यस्तै सेमिफाईनलिस्ट (तृतीय स्थान) दुई जनाले जनही १० हजार प्राप्त गर्ने छन् ।
यस्तै जिल्ला स्तरिय पुरुष एकलका बिजेताले नगद ३० हजार, उपबिजेताले नगद २० हजार र सेमिफाईनलिस्त दुईले जनही ५ हजार प्राप्त गर्ने छन् । युगल तर्फ बिजेता जोडीले ४० हजार, उपबिजेता जोडीले ३० हजार र सेमिफाईनलिस्ट दुई जोडीले ५-५ हजार प्राप्त गर्नेछन् ।
कोरोनाको महामारीका कारण प्रतियोगितामा प्रतिस्पर्धा गर्नबाट बञ्चित राष्ट्रिय खेलाडीहरुले पहिलो पटक यती ठुलो धनराशी रहेको प्रतियोगितामा प्रतिस्पर्धा गर्न गईरहेका छन् ।
कोरोना महामारिकाबीच नेपालमा ब्याडमिन्टन सुरु हुने यस प्रतियागिता पहिलो समेत हुनेछ । विगत ८ महिना यता नेपालमा कुनै पनि प्रतियोगिता आयोजना हुन पाएको छैन ।