वैवाहिक बन्धनमा कप्तान रेणुका
मंगलबार, १६ मंसिर २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेणुका नगरकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।
एपीएफ क्लबकी मुख्य खेलाडी समेत रहेकी रेणुका मंगलबार वैवाहिक बन्धनमा बाँधिएकी हुन् ।
रौतहटकी रेणुकाले जनकपुरका अभिषेक लामासँग विवाह गरेकी हुन् ।
लामो समयको प्रेम सम्बन्धलाई रेणुका र अभिषेकले विवाहमा परिणत गरेका हुन् । उनीहरु ७ वर्षबाट प्रेम सम्बन्धमा रहेका थिए ।
मिडफिल्डर रेणुका गत वर्ष नेपालले १२ औं सागमा रजत जित्दा टिमका महत्वपूर्ण खेलाडी थिईन ।
यस्तै उनी विराटनगरमा भएको साफ च्याम्पियनसिप खेल्ने टिममा समेत रहेकी थिइन् ।
रेणुकाको विवाहमा महिला टिम सदस्यहरु र आफन्त उपस्थित भएका थिए ।







-1768897962219.jpg&w=3840&q=75)


-1769057641365.jpeg&w=3840&q=75)


-1768984080973.webp&w=3840&q=75)
-1768979176016.webp&w=3840&q=75)
-1768963014433.webp&w=3840&q=75)
