काठमाडौं । मोटर स्पोर्ट्सका लागि नेपालमा रहेको एक मात्र रेसिङ्ग सर्किट अल्टिमेट हिमालयन मोटरल्याण्डको अध्यक्षमा अनिल कुमार बराल नियुक्त भएका छन् ।
बिहीबार सम्पन्न साधारण सभाले मोटरल्याण्डको अध्यक्षमा बराललाई नियुक्त गरेको हो । बरालको नेतृत्वमा ९ सदस्सीय संचालक समिति चयन गरिएको हो ।
विशौं वर्षबाट अटोमोवाइल क्षेत्रमा क्रियाशिल अध्यक्ष बराल एक स्थापित उधोगपति हुन् । यस्तै रेसिङ्ग क्षेत्रमा नेपालबाट अन्तराष्ट्रिय प्रतियोगितामा धेरै पटक सहभागी भएका व्यक्तित्व हुन् ।
यस्तै साधारण सभाले दिप्रश शाक्यलाई प्रबन्ध निर्देशक र शुशील तण्डुकारलाई टेक्निकल निर्देशक चयन गरेको छ ।
संचालक समितिमा नासा नेपालका सचिब समेत रहेका निरज खडका पनि रहेका छन् । यस्तै आशिस लामिछाने प्रमख सल्लाहकार रहेका छन् ।
धुलिखेलमा रहेको मोटरल्याण्डले मोटर स्पोर्ट्ससम्बन्धि तालिम, प्रतियोगिता, रेफ्री, र्मासल र खेलाडी उत्पादन लगायतका कार्यहरु गर्दै आइरहेको छ ।