ओलम्पियन दिपकलाई कोरोना संक्रमण
काठमाडौं । तेक्वान्दोका कीर्तिमानी खेलाडी तथा ओलम्पियन दिपक बिष्टलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका पूर्व अध्यक्ष समेत रहेका दिपकले बिहीबार आफुलाई कोरोना भाईरसको संक्रमण देखिएको बताएका छन् ।
दिपकले सामाजिक संजाल फेसबुकबाट आफुलाई कोरोना देखिएको जनाएका हुन् ।
दिपकले आफुसहित परिवारको ६ जनामा कोरोना संक्रमण देखिएको बताएका छन् ।
तर, उनले परिवारका अन्य सदस्य भने कोरोनाबाट मुक्त भईसकेको बताएका छन् ।
'कोरोना संक्रमणको महामारी हाम्रो घरमा पनि पसेरै छाड्यो । ६ जनामा अब कोरोना संक्रमणबाट मुक्त हुन बाँकी म मात्र छु । तपाईहरुको शुभेच्छाले म पनि चाँडै निको हुने विश्वासमा छु,' दिपकले लेखेका छन्, 'स्वास्थ्य मापदण्डमा पूरा गर्ने कोशिस गर्दा गर्दै सायद आफ्नै कमजोरीले संक्रमण भयो । सकेसम्म संक्रमण हुन नदिन शारीरिक दूरी कायम गर्ने, मास्कको प्रयोग अनिवार्य रुपमा गर्नु होला ।'
यस्तै दिपकले संक्रमण भईहालेको खण्डमा अलग्गै बसेर सकारात्मक सोचका साथ आराम गर्दै आफ्नो ख्याल गर्न आग्रह गरेका छन् ।







-1768897962219.jpg&w=3840&q=75)


-1769063102923.jpeg&w=3840&q=75)
-1769057641365.jpeg&w=3840&q=75)


-1768984080973.webp&w=3840&q=75)
-1768979176016.webp&w=3840&q=75)
-1768963014433.webp&w=3840&q=75)