काठमाडौं । प्रथम देउराली कप कराते प्रतियोगिता असोज तेस्रो साता हुने भएको छ । नेपाल सितेरियो कराते संघ देउराली डोजो, नयाँबानेश्वरको आयोजनामा हुने प्रतियोगिता असोज १९ र २० गते हुनेभएको हो ।
प्रतियोगितामा जुनियर ब्वाईजतर्फ २० देखि ६५ केजी खुला, एकल तथा समूह काता गरि १३ तथा गल्र्स तर्फ २० देखि ६१ केजी, खुला, एकल तथा समूह काता गरि १२ समूहमा प्रतिस्पर्धा गराईने छ ।
२५ स्वर्ण पदकका लागि काठमाण्डौ लगायत १६ जिल्लाका करिब ५०० खेलाडीहरुले प्रतियोगितामा विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने डोजोका प्रशिक्षक एवं सागका स्वर्ण धारी कुशल श्रेष्ठले जानकारी गराए ।
विजया दशमी तथा दिपावलीको अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगिताको दौरान विभिन्न क्षेत्रका स्रष्टाहरुलाई समेत सम्मान गरिनेछ ।
भिमसेन गोला मा.बि.का अध्यक्ष राजेश जोशीको संयोजकत्वमा हुने प्रतियोगिता खरिबोट नयाँ बानेश्वरमा हुनेछ ।