काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गत रहेको 'स्पोर्ट्स एण्ड इन्भाइरोमेन्ट कमिसन' को बोर्ड बैठक बसेको छ ।
सातदोबाटोस्थित ओलम्पिक भवनमा मंगलबार गोवर्धन श्रेष्ठको अध्यक्षतामा कमिसनको बैठक बसेको हो ।
बैठकमा एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठले समितिका ११ सदस्यहरुलाई स्वागत गरेका थिए ।
यस्तै अध्यक्ष श्रेष्ठले कमिसनको कामबारे प्रस्ट्याउदै खेलकुदसँगै वातावरणीय संरक्षण र वृक्षारोपण कार्यक्रमलाई महत्वपूर्ण रुपमा अगाडी बढाउन आह्वान गरेका थिए ।
कार्यक्रममा एनओसीका अध्यक्ष श्रेष्ठले कमिसनका पदाधिकारीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
कमिसनमा डा.सन्जय विक्रम श्रेष्ठ, सगुन राणा, डोल्मा लामा शाह, चन्देशस्वरनन्द राजबैद्य, शंकर गौतम, प्रदिप राजभण्डारी, धर्मामान बज्रचार्या, राजेन्द्र कपाली, प्रितेश श्रेष्ठ, पूर्ण शंकर श्रेष्ठ र गिता शाह सदस्य रहेका छन् ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष कार्यकारी चतुरानन्द राज बैद्य, महासचिव निलेन्द्र राज श्रेष्ठ लगायतका उपस्थिति रहेको छ ।