काठमाडौं । मखन चेस क्लबले आयोजना गर्ने प्रतियोगितालाई जि मोटर्स प्रालिले प्रायोजन गरेको छ ।
मखन क्लबले सोमबार आयोजित एक कार्यक्रममा जि मोटर्ससँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
क्लबका अध्यक्ष सुजल प्रसाद श्रेष्ठ र जि मोटर्सका अध्यक्ष कैलाश बाबु गेलालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
जि मोटर्सको रेनुअल्ट ब्रान्डको गाडीले तीन वर्षको लागि सम्झौता गरेको हो । सम्झौता आवश्यकता अनुसार थप हुने बताईएको छ ।
मखन क्लबले हरेक वर्ष चेस प्रतियोगिता आयोजना गर्ने गरेको छ ।
'व्यक्तिगत रुपमा मलाई चेस मन पर्छ । खेल र आफ्नो ब्रान्ड परिचित हुने भएर सम्झौता भएको हो । पछि आवश्यक अनुसार प्रतियोगितामा सहयोग गर्नेछ,' जि मोटर्सका अध्यक्ष कैलाशले भने ।