राखेपका पूर्व कोषाध्यक्ष थापाको निधन
आइतबार, ०७ मंसिर २०७७खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व कोषाध्यक्ष होम बहादुर थापाको निधन भएको छ ।
नेपाल मेडिकल कलेज जोरपाटीमा सोमबार ५८ वर्षको उमेरमा थापाको निधन भएको हो ।
बिस २०५३-५४ सालमा राखेपका कोषाध्यक्ष रहेका थापाको आठौं साग खेलकुद नेपालमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका रहेको थियो ।
थापालाई तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मन्त्री परिषदले २ वर्षको कार्यकालको लागि ग्रामिण आवास कम्पनीको महाप्रबन्धकका रुपमा समेत नियुक्त गरिएको थियो।
उनले सो जिम्मेवारी समेत सफलतापुर्वक सम्पन्न गरेका थिए ।
थापाको झन्डै एक दर्जन बढी व्यापारिक तथा समाजिक संस्थाको प्रमुख, संस्थापक र सल्लाहकारका रुपमा आवद्धता रहेको थियो ।
ओखलढुंगा गामनाङ्गटारमा जन्मिएका थापाको एक श्रीमती र दुई छोरा छन् ।







-1768897962219.jpg&w=3840&q=75)


-1769063102923.jpeg&w=3840&q=75)
-1769057641365.jpeg&w=3840&q=75)


-1768984080973.webp&w=3840&q=75)
-1768979176016.webp&w=3840&q=75)
-1768963014433.webp&w=3840&q=75)