काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन उपाध्यायलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
बंगलादेशसँगको दुई मैत्रीपूर्ण फुटबलका लागि ढाकामा रहेका उपाध्यायलाई कोरोना देखिएको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाका सदस्य रुपेश अधिकारीले व्यवस्थापक उपाध्यायलाई मंगलबार साँझ कोरोना पुष्टि भएको बताए ।
कोरोना पुष्टि भएपछि एन्फाका सदस्य समेत रहेका उपाध्याय बंगबंधु शेख मुजिब मेडिकल अस्पतालको आइसोलेसनमा बसेका छन् ।
तर, उनको स्वास्थ्य अवस्था सामान्य रहेको अधिकारी जानकारी दिए ।
बंगलादेश भ्रमणमा रहेको नेपाली टिमले घरेलु टोलिसँग दुई मैत्रीपूर्ण खेल खेलेको छ ।
शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो ।
मंगलबार भएको दोस्रो खेलमा भने नेपालले गोलरहित बराबरी खेलेको थियो ।