काठमाडौं । हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहार नेपालीहरुको दोस्रो ठुलो चाड हो ।
तर, कोरोना भाईरसको महामारीको कारण यस पटकको तिहार केहि प्रभावित बनेको छ । अघिल्ला वर्षहरु जस्तो तिहार रौनक छैन ।
आज तिहारको मुख्य दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने गर्छन् ।
यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइने गरिन्छ ।
राष्ट्रका गहना खेलाडी, प्रशिक्षक, खेल पदाधिकारीहरुले पनि भाइटीका लगाएका छन् । उनीहरुको भाइटीका कस्तो रह्यो त ?
तस्बिरमा हेर्नुस - खेलाडीको भाइटीका
तस्बिर - खेलाडीको फेसबुक