काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता मण्डेकाजी श्रेष्ठ र आयषा शाक्यसहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मान पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ ।
मन्त्रालयले शुक्रबार करातेका मण्डे र तेक्वान्दोकी आयषासहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मानबाट पुरस्कृत गरिने जनाएको छ ।
पुरस्कृत हुने अन्य खेलाडीमा साईकिलिङ्गकी लक्ष्मी मगर, गल्फका सुवास तामाङ, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, शारीरिक सुगठनका समिर श्रेष्ठ र भारोत्तोलनका विकास थापा रहेका छन् ।
यस्तै कराते प्रशिक्षक कुशल श्रेष्ठ र तेक्वान्दो प्रशिक्षक नविन कुमार श्रेष्ठलाई समेत पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ ।
जुडोका निर्णायक धर्म कुमार श्रेष्ठ, चिकित्सक डा. ज्ञानेन्द्र विक्रम शाह, नेपाल गल्फ संघ, काठमाडौं महानगरपालिका र खेल प्रायोजक कतार एयरवेजलाई समेत सम्मान गरिनेछ ।
मन्त्रालयले आवेदन आएका २७ खेलाडी, १२ खेल प्रशिक्षक, ३ खेल निर्णायक, ४ खेल व्यवस्थापक र चिकित्सक, २ खेल संघ र विधा नखुलेका ४ गरी जम्मा ५२ बाट पुरस्कृत हुनेको नामावली छनोट गरिएको जनाएको छ ।
राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि २०६८, ९ तेस्रो संशोधन २०७५० बमोजिम ९ सदस्य रहेको समितिबाट प्राप्त भएका आवेदनहरुको मूल्याकंन गर्दा उच्चतम अंक प्राप्त गर्नेलाई पुरस्कृत गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
सम्मान प्राप्त गर्नेको सूची -
सि नं
|
खेलाडीको नाम/थर
|
ठेगाना
|
खेल
|
विधा
|
१
|
मन्देकाजी श्रेष्ठ
|
मध्यपुर ठिमी १३ भक्तपुर
|
कराँते
|
खेलाडी
|
२
|
आयषा शाक्य
|
ललितपुर १६ ललितपुर
|
तेकवान्दो
|
खेलाडी
|
३
|
लक्ष्मी मगर
|
विदुर १० नुवाकोट
|
साईकिलिङ्ग
|
खेलाडी
|
४
|
सुवास तामाङ्ग
|
कोन्जोसोम ५ ललितपुर
|
गल्फ
|
खेलाडी
|
५
|
समिर श्रेष्ठ
|
बागेश्वरी ८ भक्तपुर
|
शारीरिक सुगठन
|
खेलाडी
|
६
|
विकास थापा
|
नैकाप काठमाडौं
|
भारोत्तोलन
|
खेलाडी
|
७
|
सन्तोषी श्रेष्ठ
|
ज्वालामुखी ६ धादिङ्ग
|
एथ्लेटिक्स
|
खेलाडी
|
८
|
कुशल श्रेष्ठ
|
धनकुटा ७ धनकुटा
|
कराँते
|
प्रशिक्षक
|
९
|
नविन कुमार श्रेष्ठ
|
कामनपा ३२ कोटेश्वर काठमाडौं
|
तेकवान्दो
|
प्रशिक्षक
|
१०
|
धर्म कुमार श्रेष्ठ
|
तिमाल ४ काभ्रे
|
जुडो
|
निर्णायक
|
११
|
डा ज्ञानेन्द्र विक्रम शाह
|
दरवार ३ गुल्मी
|
सबै
|
चिकित्सक
|
१२
|
नेपाल गल्फ संघ
|
का.प.न.पा सिनामंगल ९
|
संघ
|
गल्फ
|
१३
|
काठमाडौं महानगरपालिका, काठमाडौं
|
बाग्मती प्रदेश, काठमाडौं
|
|
रामबन्धु सुवेदी
प्रवक्ता
युवा तथा खेलकुद मन्त्रालय
|
|
खेल प्रायोजक
|
१४
|
कतार एयरवेज
|
काठमाडौं
|
|
खेल प्रायोजक
|