एजेन्सी । ठुला खेलकद प्रतियोगिता खेल्न रुसमाथि लागेको प्रतिबन्धको सुनुवाई आजबाट सुरु हुने भएको छ ।
खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले रुसमाथि लागेको प्रतिबन्धको सुनुवाई आजबाट सुरु गर्न लागेको हो ।
स्विजरल्याण्डको लुसानमा हुने सुनवाई बिहीबारसम्म चल्ने बताईएको छ ।
विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले गत वर्ष रुसलाई ठुला खेल प्रतियोगिता खेल्न ४ वर्षको प्रतिबन्ध लगाएको थियो ।
वाडाको प्रतिबन्धपछि रुसले कासमा अपील गरेको थियो । जसको सुनुवाई कासले गर्न लागेको हो ।
वाडाको प्रतिबन्धसँगै रुसले अर्को वर्ष हुने टोकियो ओलम्पिक र सन् २०२२ मा हुने कतार विश्वकप फुटबल खेल्न पाउने छैनन् ।
तर, प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) मा आफुलाई निर्दोष सावित गर्ने रुसका खेलाडीले ओलम्पिकको झन्डा मुनि रहेर ओलम्पिक लगायतका प्रतियोगितामा सहभागीता जनाउन सक्नेछन् ।