एजेन्सी । अष्ट्रेलिया रग्बी टिमका पूर्व कप्तान डेभिड पोकोकले व्यवसायिक खेल जीवनबाट सन्यास लिएका छन् ।
डेभिडले शुक्रबार १५ वर्षे खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
३२ वर्षीय डेभिडले गत वर्ष नै अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए ।
'यो कठिन निर्णय हो । तर, मैले अन्य खेलाडीसँग धेरै छलफल गरेर यो निर्णय लिएको छु,' उनले भनेका छन् ।
पछिल्लो समय डेभिड जापानिज क्लब पानासोनिक वाइल्ड नाइटसँग आबद्द रहेका थिए ।
अष्ट्रेलियाको राष्ट्रिय टिममा उनले २००८ मा डेब्यु गरेका थिए । उनले अष्ट्रेलियाका लागि ७८ खेल खेलेका थिए ।
उनी सन् २०१२ मा अष्ट्रेलियाको कप्तान बनेका थिए ।
अष्ट्रेलियाका लागि उनले ३ विश्वकप खेलेका थिए ।